मेरो अधिकार मेरो आवाज कार्यक्रमको समापन


गोविन्द बिश्वकर्मा सुर्खेत चैत्र १ । सुर्खेतमा संचालन भएको मेरो अधिकार, मेरो आवाज कार्यक्रम समापन गरिएको छ । महिलाहरुका लागि महिला संस्था (वाम) ले अक्सफामको सहयोगमा संचालित तीन वर्षे कार्यक्रमको आईतबार वीरेन्द्रनगर सुर्खेतमा एक कार्यक्रमका बिच समापन गरिएको हो ।
बालबालिका युवा र युवा आमाहरु तथा स्वास्थ्यमा आधारित लक्षित कार्यक्रम ‘मेरो अधिकार मेरो, आवाज’ सन् २०१२ बाट सुर्खेत जिल्लाको दशरथपुर, लेखफर्सा र रामघाट गरी तीन गाविसमा संञ्चालत भएको थियो । सन् २०१२ बाट २०१५ सम्मा संञ्चालन भएकोे तीन वर्षे कार्यक्रमको औपचारिक समापन गरिएको छ । कार्यक्रममा सहभागीहरुले कार्यक्रमले सिकाएका कुराहरुलाई आत्मसाथ गर्दै आफूहरुको जीवन र समाज रुपान्तरणमा निरन्तर लाग्ने प्रतिज्ञा गरेका छन् । आफूहरुले बाटो देखिसकेकोले अब समाज रुपान्तरणका लागि लाग्ने कार्यक्रमका सहभागी महिलाहरुले बताएका छन् । कार्यक्रममा लेकफर्साकी स्थानीय नागरिक टीका पौडेलले सन् २०१२ बाट २०१५ सम्मको तीन वर्षको अवधिमा विभिन्न चुनौतिहरुको सामना गर्दै आफूहरु घरको गृहणीबाट सामाजिक कार्यकर्ता बन्न सफल भएको भन्दै अब अभैm नेतृत्वदायी भूमिकामा समाजमा देखिने बताईन् । मेरो अधिकार मेरो आवाज कार्यक्रमले समाजको हरेक ठाउँमा नेतृत्व गर्न सक्ने समाजको नेत्री बनाई दिएको भन्दै उनले यसलाई अवसरको रुपमा लिएर समाज रपान्तरणका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता थियो । लेकफर्सा गाविसका ललित नेपालीले तीन वर्षसंगै काम गर्दा विभिन समस्या र चुनौति आएतापनि समाजमा बालबिवहा न्यूनिकरण र स्वास्थ्य सम्बन्धी काम गर्दा समाजमा धेरै परिवर्तन भएको बताए ।
त्यस्तै दशरथपुर गाविसका सहजकर्ता तारा बस्नेतले स्वास्थ्य संस्थाबाट आफूले प्राप्त गर्ने स्वास्थ्य सेवामा महिलाको पहुँचमा काम गरेको गाउँका महिलाहरुले विभिन्न ठाउँमा महिला सहभागी भएको र आफनो अधिकार बारेमा बोल्न सक्ने भएको बताईन । लेखफर्साकै कमला गिरीले महिलाहरुलाई आफ्नो स्वास्थ्यको बारेमा धेरै कुराहरु थाहा नभएको र अहिले स्वास्थ्य संस्था लगायत स्थानिय निकायबाट प्रदान हुने सेवा सुविधाका बारेमा धेरै थाहा भएको र बालबिवाह न्युनिकरण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको बताईन् । मेरो अधिकार मेरो आवाज कार्यक्रमले समाजमा गरेको परिवर्तनलाई आत्मसाथ गर्ने र निरन्तरता दिने उनले बताईन् । कार्यक्रममा अर्का सहभागी सामुदायिक छलफल केन्द्र रामघाटकी कोषाध्यक्ष धनकला वलीले आफूहरुले थुप्रै अधिकार पाएर पनि अधिकार विहिन भएका बेला मेरो अधिकार मेरो आवाज कार्यक्रमले आफूले पाएको अधिकार बाहिर ल्याउँन सफल भई समाजमा अतुलनीय परिवर्तन गरेको भन्दै आफ्नो जीवन अन्त्य नभएसम्म संस्थाले गरेको कामलाई निरन्तरता दिने बताईन् । कार्यक्रममा मेरो अधिकार मेरो आवाज कार्यक्रमका संयोजक शुक्र वि.कले कार्यक्रमले तीन वर्षमा गरेका काम र समाजमा भएको परिवर्तनका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत टंकप्रसाद लामिछाने, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका पुर्व अध्यक्ष श्रीधर पौड्याल, जिल्ला शिक्षा कार्यालय, सुर्खेतका निरिक्षक बलबीर सुनार, जिल्ला बाल कल्याण सुर्खेतकी बाल अधिकार अधिकृत रमा भण्डारी, लगायत तीन गाविसका सहजकर्ता र महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुर्खेतका सम्पूर्ण रेडियो र पत्रिकाहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
साभारः शुक्र ब. बिके fb