
२९ चैत्र, सुर्खेत । विश्वव्यापी महाममारीकोरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को अवस्थालाई मध्यनजर गरि देशलाई लकडाउनलाई राखेको अवस्थामा सुर्खेतका पत्रकार नगेन्द्र उपाध्यायको पहलमा बाढीपिडितहरुलाई खाद्यान्न वितरण गरिएको छ ।
२०७१ सालमा सुर्खेतमा आएको बाढीले विस्थापित २ सय ३३ परिवारलाई स्थानीय सरकार, प्रदेश सरकारसँगको समन्वयमा राहत रकम संकलन वितरण गरिएको पत्रकार उपाध्यायले बताउनुभएको छ ।
हिजो शुक्रवार तिखाकुनामा रहेका बाढीपिडित परिवारलाई १२० घरधुरीलाई राहत बाँडिएको पत्रकार उपाध्यायले जानकारी दिनुभयो । १२० बोरा चामल, १२० प्याकेट पिठो, १२० प्याकेट तेल, १२० प्याकेट नुनसँगै प्रतिपरिवार पाँच किलो तरकारी राहत स्वरुप प्रदान गरेका छौं । यो सँगै हामीले एचआईभी संत्रमित परिवारलाई दुई–दुई बोरा चामल, तेल, नुन र पिठो पनि उपलब्ध गरायौ ।’ पत्रकार उपाध्यायले भन्नुभयो ।

राहत उपलब्ध गराउनका लागि क्लिन सुर्खेत, ग्रीन सुर्खेतका सामाजिक अभियन्ता डा. नवराज केसी र दक्षिण कोरियामा रहनु भएका अभियन्ता लक्ष्मीनारायण बस्नेतले १ लाख ५ हजार, लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपालले १ लाख १ हजार, राप्रपाका पूर्व महामन्त्री मुकुन्दश्याम गिरी २५ हजार, तिलक आचार्य ५ हजार १ सय, भरत रावल ५ हजार १ सय, विशाल ढकाल ५ बोरा चामल, रामप्रसाद गौतम ५ बोरा चामल, नेविसंघ सुर्खेतका अध्यक्ष गौतम विसी ३ हजार र ॐ सिद्दिबिनायक कृषि फर्म विद्यापुरले ७ क्वीन्टल तरकारी सहयोग गरेको छ,’ पत्रकार उपाध्यायले भन्नुभयो ।
त्यस्तै ‘डा नवराज केसीले कुइनेमा प्रदेश सरकारले स्थापना गरेको हेल्प डेक्सका लागि चार वटा पिपिई उपलब्ध गराउनु भएको छ । आजसम्म हामीले २३३ बाढीपीडित परिवारलाई राहत उपलब्ध गराएका छौं । अझ धेरै बाढीपीढितहरु हुनुहुन्छ । तपाईहरुको साथ, सहयोग र सद्भावको निरन्तर कामना गर्दछु ।’ यो अभियान सुर्खेतका १०४५ बाढीपीडितलाई नै राहत बाँडने रहेको छ । यसअघि गिरीघाटलगायतका अन्य स्थानमा पनि राहत वितरण गरिसकिएको छ । यसमा युवा व्यवसायी, समाजसेवी बखतबहादुर शाही, पत्रकार तिलक पौडेललगायत दर्जनौं व्यक्तिले सहयोग गर्नुभएको छ । पत्रकार उपाध्यायले भन्नुभयो ।




Prawash Kumar Shakya । २९ चैत्र २०७६, शनिबार १०:४७ बजे