
२८ फागुन ,जुम्ला
ऐतिहासिक हिमा गाउँ पालीका बड्की मा स्वास्थ्य सिबिर संचालन भएको छ । जनतासँग अध्यक्ष कार्यक्रम अन्तरगत हिमा गाउँ पालीका बड्कीमा निशुलक स्वास्थ्य शिविर संचालन भएको छ ।
दुर्रगममा स्वास्थ्य सेवाको पहुच कम हुने स्थानियहरुले सहजैरुपमा स्वासथ्य सेवा पाउन नसक्ने हुदा दुःखी गरिवहरुको सहजताको लागी यो शिविर संचालन गरेको हिमा गाउँपालीका अध्यक्ष रज बहादुर शाहीले जानकारी दिनुभयो
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिषठानका बिशेषज्ञ टोली को समन्वयमा संचातिन उक्त शिविरमा करिव एक हजार जना बिभिन्न खालका बिरामीहरुले स्वास्थ्य जाँच गरी सेवा लिएका छन भने अन्य बाँकी वडाहरुमा पनी आगामीदिनमा यस्तै खालका अझ बढि सेवा सुबिधासहितका शिविरहरु संचालन गरीने पनी अध्यक्षले जानकारी दिनुभयो ।

धुँवा र धुलोका कारण अनि चिसो समयमा बढी संक्रमण हुने भएकाले निमोनियाका बिरामीहरुको संख्या बढी देखिएको छ । भने अन्य रुधाखोकी र पेट सम्बन्धीका बिरामी हरुले सेवा लिएको बिशेषज्ञ टोलीका एक सदस्यले जानकारी दिनुभएको छ ।
दिनभरीको काम लाइ थाती राखेर चेक जाँच गर्न सदरमुकाम पुग्नु पर्ने हिमा गाउँपालीकाका बिरामीहरुलाइ घर नजिकै बिशेषज्ञ टोलको सेवा पाएका सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन ।
स्वास्थ्य शिविर मात्र नभएर पशु स्वास्थ्य शिविर कृषिमेला प्रदर्शनीको पनि तयार भइरहेको र निकट भबिश्यमा कर्णालीको खस सभ्यता झल्काउने र खस भाषाको उजागर गर्नको लागी बृहद सिंजा महोत्सवको पनी आयोजना गरीएको बिद्यार्थी नेता अमरजङ्ग शाहीले जानकारी दिनुभएको छ ।



Milan Shrestha । २८ फाल्गुन २०७५, मंगलवार १४:५३ बजे