काठमाडौँ , ८ बैशाख
लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । हिजो पनि ५ सयले बढेको सुनको भाउँमा आज पनि ५ यसले नै वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ५० हजार ५ सय रुपैयाँ रहेको छ । गत शुक्रबार छापावाला सुनको मूल्य तोलाको ५० हजार रुपैयाँ कायम थियो ।
आइतबार बजारमा तेजाबी सुन तोलाको ५० हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउमा भने कुनै परिवर्तन भएको छैन । महासंघका अनुसार आइतबार बजारमा चाँदी तोलाको ८ सय ९८ रुपैयाँमा कारोबार भईरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा सुधार हुँदै गएपछि नेपाली बजारमा पनि सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ । गत सोमबार तोलामा ३ हजार ३ सय रुपैयाँ र मंगलबार ३ हजार रुपैयाँ घटेर ४९ हजार ५ सय रुपैयाँमा झरेको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँ बढेर ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Milan Shrestha । ८ बैशाख २०७०, आईतवार १२:०६ बजे