
७ फागुन, काठमाडौं । मुस्ताङे राजको सम्पत्तिसम्बन्धी ५५ वर्ष लामो विवाद अन्त्य भएको छ । मुस्ताङी
पूर्वराजा जिग्मी परवल बिष्टको सम्पत्ति दुई भागमा बन्डा हुने पुनरावेदन अदालत बागलुङको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि विवाद अन्त्य भएको हो ।फैसलामा अन्य सम्पत्ति अंशबन्डा भए पनि उनको पुरानो दरबार भने सरकारकै हुने उल्लेख भएको अाजको राजधानी दैनिकमा समाचार छ ।
पाँच दशकदेखि चलेको उनको सम्पत्तिसम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्चले बिहीबार गरेको निर्णयअनुसार जिग्मे र उनकी भाउजूबीच सम्पत्ति बन्डा हुने भएको हो ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशील कार्की र गोपाल पराजुलीको पूर्वराजाको दरबार पुरातात्विक महत्त्वको भएकाले भागबन्डा नलाग्ने फैसला गरेको छ ।
तत्कालीन मूस्ताङे राजा ओङगल जिम्बा परबलका तीन छोरा मध्ये दुईजना पालैपालो राजा भएका थिए ।
२०१५ सालमा जेठा छोरा न्याङबो परबलको मृत्युपछि कान्छा जिग्मी परबल राजा भएसँगै उनीहरुको सम्पति विवाद सुरु भएको हो । जिग्मीले भाउजू डिकी डोलकर र उनका सन्तानलाई दरबारबाट निकाला गरेपछि विवाद सरु भएको थियो ।
साभारः अनलाइन खबर
Milan Shrestha । ७ फाल्गुन २०७२, शुक्रबार ०३:५४ बजे