आठौं साफ खेलकुदकालागि कर्णाली प्रदेशबाट खेलाडी छनौट


१५ चैत्र, सुर्खेत । बाँकेको नेपालगंजमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगितमा सहभागी हुने भलिबल खेलाडीहरु छनौट गरिएको छ । छनोट हुनेमा सुर्खेतका रमेश विक, निराजन ढकाल, ललित विक रहनु भएको छ ।

त्यस्तै रुकुम पश्चिमबाट नरेश खड्का सुधिर शाह, डायमण खड्का, दिपक शाही, तेजेन्द्र विएम छनोट हुनुभएको छ । यस्तै सल्यानका हरिस बुढाथोकी, रमेश कुमार विक, कालिकोटका गोरख शाही, महेन्द्रराज रोका छनौटमा पर्नुभएको छ ।

महिला तर्फ सुर्खेतका तुलसी जीसी, अमृता विष्ट, समिक्षा बराल, कालिकोटका पुष्पा शाही, शर्मिला शाही, प्रमिला धमला दैलेखका बसन्ती साउद र चन्द्रा कुमारी थापा रुकुम पश्चिमका कमला केसी, तुलसा सारु जुम्लाबाट मनिसा कठायत छनौट हुनुभएको भलिबलका रेफ्री अमर चन्द्रले जानकारी दिनुभयो ।

यही चैत अन्तिम साता देखी थाईल्यान्डमा हुने एसिसि १६ बर्षमुनिको किक्रेट प्रतियोगीताको लागी कर्णाली बाट १४ जना खेलाडी छनोट भएका छन ।

प्रकाश जैशीको कप्तानी रहेको टोलीमा भबिन सारु मगर, पारस खड्का, युनिश बिक्रम सिंह सन्दिप शाही, राज कुमार शाह, युबराज केसी, बिमल मल्ल, अभिषेक बम, बिनित खत्री, मोहन जिसी, सङगम गिरी प्रनब बडेल र सुरज बुढाथोकी छनौट हुनुभएको छ ।

यस्तै बैकल्पिकमा भानु सुनार टोपेन्द्र जिसी, कमल केसी र गौरब सलामी रहनुभएको कर्णाली प्रदेश छनौट संयोजक मगर श्रीधर केसीले जानकारी दिनुभयो ।

यही टोलीले काठमान्डौमा हुने राष्ट्रिय प्रतियोगिताको लागि पनि कर्णाली प्रदेशबाट सहभागी हुन पाउने संयोजक केसीले बताउनुभयो।

यसैवीच विभिन्न चारबुँदे माग राख्दै नेपाल खेलाडी तथा प्रशिक्षक सघं सुर्खेतले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

संघले खेलाडीहरुलाई सम्मानपूर्वक एकहप्ता बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, खाजा नास्ताको व्यस्था गर्नुपर्ने माग गरेका छ। संघले राष्ट्रिय खेलकुद प्रतियोगितमा सहभागी खेलाडीहरुलाई व्यवस्थापन गर्नका लागी खेलकुद संघलाई जिम्मेवारी दिनुपर्ने,खेलाडीहरुलाई खेलकुदका सामाग्री उपलब्ध गराउनुपर्ने माग गरिएको भलिवका रेफ्री अमर चन्दले जानकारी दिनुभयो।

उहाँले राजनिति नियुक्ती बाहेक खेलमा योगदान र अनुभव भएकालाई जिम्मेवारी दिनुपर्ने, खेलकुद विकास समिति र कर्णाली प्रदेश खेलकुद परिषदको हाताभित्र फोहरमैला र धुम्रपान सेवनमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो। उहाँले आफुहरुका माग पुरा नभए चैत्र १७ गते देखी खेलकुद परिषदको कार्यालय र अन्य निकायमा तालबन्दी गर्ने चेतावनी दिनुभयो।

यस अघि संघले कर्णाली प्रदेश खेलकुद कार्यालयमा आफ्ना मागहरुका बारेमा ज्ञापन पत्र बुझाईसकेको छ ।