२४ फागुन, सुर्खेत । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख परियारले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृती प्रथा र परम्परालाई निर्मुल गर्दै समानता र न्याय सुनिश्चित गर्न अन्तराष्ट्रिय नारी दिवसले लैंगिक समानताका विषयलाई आत्मसाथ गर्न र लैंगिक समानताकालागि क्रियाशिल अधिकारकर्मी तथा अभियन्ताहरु लगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा प्राप्त हो भन्ने कामना गर्दछु भनी शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।




Prawash Kumar Shakya । २४ फाल्गुन २०७९, बुधबार ०८:१० बजे