११ भाद्र सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै पश्चिम गाउँ गुुठु तर्फ जादै गरेको यात्रुबाहक बसले किच्दा एक बालकको ज्यान गएको छ । पश्चिम सुर्खेतको कुनाथरी गाविसको बड्डीचौर चौर बजारमा ना ३ ख ५८६० नम्बरको बसले किच्दा ६ बर्षिय बालक मनोज विकको घटनास्थलमा नै ज्यान गएको हो । चालकलाई बड्डीचौर प्रहरीले नियन्त्रणमा लिइएको जिप्रका सुर्खेतका डिएसपी बहादुर जंग मल्लले जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । ११ भाद्र २०७३, शनिबार १७:४२ बजे