ट्रकसँग ठोक्किएर बस त्रिशुलीमा खस्यो


श्रावण ११, चितवन

पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा बस र ट्रक जुध्दा बस त्रिशुलीमा खसेको छ । दुर्घटनाका २३ जना यात्रुलाई उद्धार गरेर उपचारकम लागि भरतपुर पठाइएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सातजनालाई बसले च्याँपेको छ । उनीहरूलाई निकाल्ने कार्य जारी छ । मध्यानह १२ बजे आसपास ट्रकसँग ठोक्किएर यात्रु बस त्रिशुलीमा खसेको थियो ।
उनका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो। प्रहरी टाेली घटनास्थलतर्फ जाँदै गरेकाे छ। बस ट्रक ठोक्किँदा बस नदीमा खसेको भन्ने बाहेक थप विवरण नआएकोडीएसपी ढकाललेबताए। कान्तिपुरअनलाइनबाट