
२ बैशाख, बर्दिया । जिल्लाको बढैयाताल गाउँपालिका ६ को कार्यालयमा तालाबन्दी गरिएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न नदिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका हुन्।
वडाध्यक्षसँग पटक-पटक सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न अनुरोध गर्दा कुनै सुनुवाई नगरेपछि स्थानीय नेपाली कांग्रेसका नेता भगत नेपालीको अगुवाईमा तालाबन्दी गरिएको बताइएको हो।
बर्दियाका प्रतिनिधिसभा सदस्य संजयकुमार गौतमले उक्त वडामा सर्वोदय प्राविदेखि भदोइ जाने सडक निर्माणका लागि पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ छुट्ट्याएका थियो। तर उक्त सडक निर्माणका लागी कुनै सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् ।
सडक निर्माणका लागी कुनै पहल समेत नभएपछि आफूहरू तालाबन्दी गर्न बाध्य भएको स्थानीय नेपाली कांग्रेसका नेता भगत नेपालीले बताएका छन्।
थाहाखबर अनलाइनबाट
Milan Shrestha । २ बैशाख २०७६, सोमबार २०:३२ बजे