
१२ पौष, सुर्खेत । गत कार्तिक २८ गते कर्णाली प्रदेश सरकारको मुख्यन्याधिवक्तामा नियुक्त हुनुभएका अधिवक्ता ध्रुवकुमार श्रेष्ठले आज जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थुनुवा कक्षको अनुगमन गर्नुभएको छ ।
नेपालको सांविधानको अधीनमा रही वा हिरासतमा रहेको व्यक्तिहरुलाई मानवउचित व्यवहार गरे नगरेको, आफन्त संग वा कानुन व्यवसायीहरु संग भेट गर्न दिएको वा नदिएको भन्ने कुरा को जानकारी लिन कर्णाली सरकारका मुख्यन्याधिवक्ता श्रेष्ठ आज जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमनमा जानुभएको हो ।
मुख्यन्याधिवक्ता श्रेष्ठले विषेशत महिला बालबालिक र बृद्ध थुनुवाहरुको अवस्था के कस्तो रहेको छ भनेर अनुगमन गरेको बताउनुभयो । उहाँले भन्नुभयो “अनुगमनका क्रममा प्रहरीको हिरासतमा त्यस्तो कुनै मानवअधिकारका त्रुटीहरु नभेटिएको बताउनुभयो ।
श्रेष्ठ भन्नुहुन्छ “हामी यो कार्यमा मानवअधिकारकर्मी र कानुन व्यवसायहरुको सहकार्यमा प्रदेशका सबै जिल्लाहरुमा समयानुसार अनुगमनलाई तिब्रता दिनेछौं ।”



Milan Shrestha । १२ पुष २०७८, सोमबार १८:३७ बजे