पत्रकारको पहलमा सुनकुमारीको उपचारमा सहयोगी हात जुट्दै


लुम्बिनी प्रेस क्लबको पहलमा उपचार तीव्र

२२ कात्तिक, भैरहवा । आर्थिक अभावको कारण मृत्युसँग जुधिरहेकी रोल्पा थवाङकी सुनकुमारी नेपालीको उपचारमा सहयोगी हातहरु जुट्न थालेका छन् ।

सुनकुमारीको उपचारका लागि नयाँ पत्रिका दैनिकका भैरहवा सम्वाददाता पत्रकार दिपेश पछाईले दश हजार रुपैयाँ र सिद्धार्थ यातायात व्यवसायी समितिका पूर्वअध्यक्ष सन्जीव रोक्काले ५ हजार रुपैयाँ प्रदान गरेको क्लबका कोषाध्यक्ष एवम् राससका भैरहवा प्रतिनिधी कमल रायमाझी जानकारी दिए ।

आर्थिक अभावको कारण उपचार पद्धतीमा समस्या देखिएको अनलाइनखबरको समाचारबाट जानकारी पाएपछि लुम्बिनी प्रेस क्लबको नेतृत्व युसिएमएसमा पुगी पत्रकारहरुको टोली विरामीको उपचारमा कुनै कमी हुन नदिने र उनको उपचार सम्पूर्ण व्यवस्थापन क्लबले लिने अस्पताल प्रशासनलाई जानकारी गराएको थियो ।

खटिएको छ । डा. शाहका अनुसार उनको टाउकोमा गम्भिर समस्या छ भने दाँत र गिजाको भाग पनि भाँचिएको छ । डा. शाहले सुनकुमारीको बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘उहाँको धेरै समस्या छ । अहिलेसम्म अर्धचेत अवस्थामा हुनुहुन्छ । टाउको र दाँत गिजामा समस्या छ । हेमोग्लोविन र प्रोटिन कमी छ । खाना पनि पाइपबाट खुवाउनु परेको छ । यद्यपी अहिले सामान्य आँखा खोल्नु भएको छ ।’

रोल्पाको थवाङ गाविस ८ मा बस्ने सुनकुमारीलाई असोज २६ गते आफ्नै श्रीमान ध्रुव नेपाली र बहिनी नाता पर्ने जाला नेपालीले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । उनलाई असोज २८ गते युसिएमएस भैरहवामा उपचारका लागि ल्याइएको थियो । उपचार गर्दै जाँदा ऋण काढेर ल्याएको रकम समेत सकिएपछि उनको कुरुवा बसेकी १३ वर्षीया छोरी विनिता नेपाली समेत अस्पतालबाट भाग्न विवश भएकी थिइन् ।

लुम्बिनी प्रेस क्लबले सुनकुमारीको उपचारमा लाग्ने खर्चको व्यवस्थापनका लागि सबै सामाजिक संघसंस्था र सहयोगी व्यक्तिहरुलाई सहयोग गर्न आग्रहसमेत गरेको छ ।

क्लबले लुम्बिनी प्रेस क्लबको पूर्णिमा विकास बैंक सिद्धार्थनगर भैरहवाको खाता नम्बर ०००००००००१००००१५९ सि.डी. (00000000010000159CD) मा सहयोग गर्न चाहनेले रकम जम्मा गर्न सक्ने बताएको छ ।

सहयोग गर्न इच्छुकले थप जानकारीका लागि क्लबका कोषाध्यक्ष एवं राससकर्मी कमल रायमाझीको मोबाइल नम्बर ९८५७०१०६०० र अनलाइनखबरकर्मी एवं क्लबका सदस्य सलमान खानको मोबाइल नम्बर ९८५७०२०१४१ मा सम्पर्क गर्न सक्नेछन् ।साभारः अनलाईन  खबर।Sunkumari-Nepali-Rolpa