राष्ट्रिय यूवा संघ र अनेरास्वियूद्वारा मन्त्री शाहीको बर्खास्तको माग (भिडियोसहित)


१३ भाद्र, सुर्खेत । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वयवियू सुर्खेतले आज बलात्कारका आरोप लागेका कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बर्खास्तको माग गर्दै विरोध गरेको छ ।

युवा संघका सचिवालय सदस्य एवम जिल्ला अध्यक्ष कमल खड्का जुनी र अनेरास्वियूका जिल्ला संयोजक धुपेन्द्र शाहीले संयुक्तरुपमा ज्ञापन पत्र बलात्कारको आरोप लागेका मन्त्रीलाई कर्णाली सरकारले संरक्षण गरि राखेको आरोप लगाउनुभयो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमाणविना कसैलाई कारवाही गर्न नसकिने बताउनुभयो । ‘सरकार जहिले पनि न्यायको पक्षमा हुन्छ त्यसैले पीडितहरुलाई न्याय दिनु सरकारको दायित्व हो । तर प्रशासनले मुद्दा दर्ता नभएको यो अवस्थामा कारवाही कसरी गर्ने ? मुख्यमन्त्री शाहीले प्रश्न गर्नुभयो ।

https://youtu.be/yd6wEF-wcqA