
२१ बैशाख, सुर्खेत । आज मातातीर्थ औंसी । यही दिनलाई अवसर पारेर सुर्खेतका केही यूवाहरुले देउती बज्यै मन्दिर परिसरमा रहेका असाहयहरुलाई भोजन गराएका छन् ।
‘ग्रिन सुर्खेत क्लिन सुर्खेत’ कार्यक्रममा अग्रसर रहनुभएकी प्रतिमा चपाईको अगुवाइमा मन्दिर परिसरमा रहेका असाहायहरुलाई भोजन गराइएको चपाईले बताउनुभयो ।
करिव २५ जना असाहायहरुलाई पुरीतरकारी र खिर खुवाइएको र ११ जना आमाहरुलाई लगाउने कपडा (धोती) दान गरेको अभियन्ता चपाईले जानकारी दिनुभयो ।
अभियानमा नितु मगर, दिपा सापकोटा, तृष्णा मगर र लक्ष्मी मगरको पनि साथ रहेको चपाइले बताउनुभयो ।





Milan Shrestha । २१ बैशाख २०७६, शनिबार १३:२९ बजे