मृतक पत्रकार गेलाङ्गको परिवारलाई सहयोग रकम हस्तान्तरण


६ असार, सुर्खेत । टिप्परको ठक्करबाट मृत्यु हुनु भएका पत्रकार नन्दबहादुर गेलाङ्गको परिवारलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

गेलाङ्गका परिवारलाई हाल सम्म विभिन्न व्यक्ती तथा संस्थाले चार लाख ८६ हजार ४ सय ४१ रुपैया सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आज १ लाख रुपैया हस्तान्तरण गरेको छ ।

७ औ दिनको पुण्यतिथिको अवसरमा गेलाङ्गको घरमै पुगेर महासंघले रकम हस्तान्तरण गरेको हो । यस्तै नेपाल मंगर संघ समन्वय समिति सुर्खेतले २ लाख २१ हजार, भारतिय भुपु सैनिकले १ लाख रकम हस्तान्तरण गरेको छ ।

यस्तै रेडियो भेरीका अध्यक्ष नारायकुमार कोईरालाले ५० हजार, नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघले ७६ हजार ४ सय २१ रुपैया सहयोग गरेको छ ।

यसैबिच पत्रकार महासंघ सुर्खेत शाखाले गेलाङ्गको सम्झनामा शोक तथा श्रदान्जली सभा गरेको छ । महासंघको कार्यालयमा आयोजित श्रदान्जली सभामा सुर्खेत स्थीत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।