सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)


२० जेठ, काठमाण्डौं । पेट्रोल र डिजेलमा आयल निगमले १० रुपैया घटाए सैगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

विभागले आज शुक्रबारदेखि लागू हुनेगरी अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घटाएको हो ।

आजैदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार समायोजन गरिएको विभागले जनाएको छ ।

हेर्नुहोस भाडा सूची