प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता



२६ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको भारतीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ ।
भारतीय टोली पूर्व प्रधानमन्त्री एवं कांग्रेसका दिवंगत सभापति सुशील कोइरालाप्रति श्रद्धान्जली अर्पण गर्न काठमाडौं आएको थियो । टोलीमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभल पनि छन् ।
टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेको छ । भेटमा परराष्ट्रमन्त्री कमल थापा पनि छन् ।
साभारः अनलाइन खबर