भोट भाषाबाट नौ जनाले पहिलो पटक एसएलसी दिदै


चैत्र १७, २०७२- दोलखा श्यामाका आङदोर्जे शेर्पाले बौद्ध दर्शन पढ्न थालेको १६ वर्ष भयो ।
गाउँकै विद्यालयमा प्राथमिक तह पढै गर्दा नौ वर्षको उमेरमा बैद्ध दर्शन अध्ययन गर्न दक्षिणकाली स्थित शेर्पा गुम्बा पुगे । बौद्ध दर्शनको विद्यालय तह पाँच वर्ष पुरा गरेर उनी सात वर्षदेखि क्याम्पस तह पढिरहेका छन् । अब दुई वर्षपछि आचार्य (लोपेन) पास गर्दै छन् ।
सातौ वर्षको परीक्षा पनि पहिलो श्रेणीमा पास गरेको उनी बिहीबारदेखि हुने एसएलसी परीक्षामा सहभागि हुदै छन् । बर्षौ देखि बौद्ध दर्शन पढेपनि त्यसको मान्यता गुम्बामा मात्रै हुने भएपछि उनी सरकारले सञ्चालन गरेको परीक्षा पनि दिन लागेका हुन् । भोट भाषाबाट गोन्पो बिहार शिक्षा संगै साधारण बिषयबाट परीक्षा दिएपछि गुम्बा बाहेक अन्यत्र पनि पढाईको मान्यता लिन एसएलसी दिन लागेको उनले बताए । ‘क्याम्पसको पढाई अब दुई वर्ष बाकी छ,’उनले भने,‘साधारण बिषयमा एसएलसीको तयारी पनि राम्रो छ ।’ मिङ्मा पल्युल उर्गेन क्षोलिङ मावि दक्षिणकाली नगरपालिका १२ बाट नौ जनाले बौद्ध दर्शन सम्बन्धी बिषयबाट परीक्षा दिदै छन् ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठका अनुसार उनीहरुले अन्य विद्यार्थीले जस्तै अनिवार्य पाँच वटा, ऐच्छिक प्रथममा बौद्ध शिक्षा र द्वितियमा भोट भाषाको परीक्षा दिने छन् । ‘ऐच्छिक बिषयको त हामीले क्याम्पसमा पनि पढिरहेका छौ खासै गाह्रो छैन,’दोसर तामाङले भने,‘साधारण बिषय पढा बाहिरी ज्ञान पनि थाहा हुन्छ । समाजलाई बुझन मद्यत गर्दछ ।’ सात वर्षदेखि गुम्बा बस्दै आएका उनी बौद्ध दर्शनमा क्याम्पसको पहिलो वर्षमा अध्ययनरत छन् ।
गोन्पो बिहार शिक्षाको प्राज्ञिक मान्यता नभएपछि साधारण बिषय तर्फपनि परीक्षा दिन लागेको विद्यालयका प्रधानाध्यापक रत्नलाल तामाङले बताए । गुम्बा बौद्ध दर्शन पढ्ने विद्यार्थीहरु पहिलो पटक एसएलसी दिन लागेकोले उनीहरुको नतिजा राम्रो ल्याउन धेरै मेहनत गरिरहेका उनले बताए । ‘बिहान पाँच बजेदेखि राती ११ बजेसम्म पढ्ने व्यवस्था मिलाएका छौ,’बीएड सकाएर बौद्ध दर्शन लिइरहेका उनले भने,‘नतिजा राम्रै आउने छ ।’
गोन्पो बिहार शिक्षाको ङोन्डो (नर्सरी) देखि आठ वर्ष पढेपछि पढेपछि क्याम्पस तह सुरु हुन्छ । नौ वर्षको आचार्य (लोपेन) तह पुरा गरेपछि गुम्बाहरुमा स्वंसेवक गर्नु पर्ने हुन्छ । स्वंसेवक गरेको आधारमा पद बढै जाने तामाङले बताए ।
साभारः कान्तिपूर अनलाइन