प्रदेश प्रमुख परियार र मुख्यमन्त्री कँडेलद्वारा बुद्ध जयन्तीको शुभकामना ब्यक्त


१० जेठ, सुर्खेत ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बुद्ध जयन्तीको शुभकामना ब्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख परियारले एक सन्देश मार्फत शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा प्रदेश प्रमुख परियारले “२५६८औं बुद्ध जयन्तीको शुभकामना सन्देश विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा सम्पुर्ण बौद्ध धर्मालम्बी कर्णालीबासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि–संयोग पर्ने भएकाले यस दिन विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो ,विविधता भित्रको एकता नै हाम्रो विशेष पहिचान हो ।

नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्वमा नै लोकप्रिय छन् । शान्तिका अग्रदुत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न राजर्षि सुख त्याग गरी कठोर तपस्या र कठिन परिश्रमबाट बोधी ज्ञान प्रप्त गर्नुभएको थियो । आजसम्म पनि उत्तिकै शास्वत रहेको छ । बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहा“का विचारहरु विश्वभर नै धेरै लोकप्रिय हुन सकेका हुन् ।

गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनु भएकाले आज नेपाल संसारभर बुद्धको देश भनेर चिनियको छ । उहाँ प्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं। उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ । गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक¸सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव¸ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई वृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु ।

अन्तमा‚ बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई विश्व भातृत्वको भावनालाई आत्मसाथ गर्दे सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् साथै संविधानको सफल कार्यान्वयन सहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै सबैमा बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछु । उल्लेख गर्नुभएको छ ।

त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पनि बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा मुख्यमन्त्री कँडेलले “विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो । बुद्ध जयन्तीको यस महत्त्वपूर्ण दिनले हामी सबैमा भातृत्वको भावनालाई आत्मसाथ गर्दे राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु । गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव¸ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनका साथै यसबाट विश्व शान्तिका लागि समेत मद्दत पुग्नेछ भन्ने मलाई लागेको छ ।

नेपाली भूखण्ड प्राचीन कालदेखि नै ज्ञान र चिन्तन परम्पराको उच्च स्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट पार्दछन् । अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले बुद्धका विचारहरु विश्व भर नै धेरै लोकप्रिय हुन सकेका हुन्। बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्दछ । अन्त्यमा, गौतम बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव¸ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई वृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु । सन्देशमा उल्लेख गरिएको छ ।