अपाङ्ग छात्रावासलाई व्यवस्थित र सुविधासम्पन्न बनाईदिन आग्रह


२ जेठ, सुर्खेत । अपांगता भएका व्यक्तिहरुका हक अधिकारका विषयमा सरोकारवालाहरुले व्यापक छलफल गरेका छन् ।

पुर्वि सुर्खेतको सिम्ता गाउँपालिकाको महिला तथा वालवालिका शाखाको आर्थिक सहयोग तथा अपांग उत्थान केन्द्र सिम्ताको आयोजनामा बिहिवार १ दिने गोष्ठी सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरुको हक अधिकार सम्बन्धि ऐन कानुन २०७४ संसोधित सहित २०७५ मा भएको नीति नियम र कानुनका विषयमा छलफल गरिएको छ ।

अपांगता भएका व्यक्तिहरुकालागि निःशुलक शिक्षा, परिचय पत्र वितरण, अपांगताको प्रकृति हेरेर नेपाल सरकारले दिएको श्रेणी विभाजन यातायातमा छुट लगायत कानुनमा भएका अन्य प्रावधानहरुका विषयमा छलफल गरिएको अपांग उत्थान केन्द्र सिम्ताका अध्यक्ष योगेन्द्र शाहीले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले अपांता भएका व्यक्तिहरुको हक अधिकारकालागि गाउँपालिकाले यस अघि नै परचयपत्र वितरण गरिसकेको भन्दै अपांगता भएका व्यक्तिहरुको उत्थानकालागि सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा अपांगता भएका व्यत्तिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले सिम्ता ६ राकममा सञ्चालन भएको अपांग छात्रावासलाई व्यवस्थित र सुविधासम्पन्न बनाईदिन गाउँपालिका समक्ष माग गरेका छन् ।