
पौष १९, कालीकोट ।
कर्णालीमा आउने पर्यटकमाझ स्थानीय बालीको खानाको माग उच्च रहे पनि उत्पादन भने घट्दै गएको छ। कर्णालीमा घुम्न आउने पर्यटकहरूले स्थानीय रातो मार्सी धानको चामल, चिनो, कागुनो, कोदो लगायतका कर्णालीमा पाइने खाद्यान्नबाट बनेका खानाको माग उच्च जनसंख्या वृद्धि र युवाहरुको पलायनले उत्पादन घटेको हो।
सिँचाइ सुविधाको अभाव स्थानीय बाली उत्पादन गर्ने मानिसको अभावका कारणले रैथाने स्थानीय बाली रहे पनि उत्पादन घट्दो अवस्थामा छ। पछिल्लो समयमा उत्पादनमा कमी भएका कारणले पर्यटकहरूलाई यहाँको स्थानीय बालीको खानाको माग पुर्याउन समस्या रहेको कालिकोटको मान्ममा रहेको होटेल हिलसाइट सञ्चालक धर्मराज शाहीले बताए। ‘कर्णाली घुम्न आउने अधिकांश मानिस यहाँको स्थानीय उत्पादन खोज्छन्,’ उनले भने,‘उत्पादनमा आएको ह्रासका कारण माग धान्न सकिएको छैन।’ कर्णालीमा पाइने स्थानीय बाली रातो मार्सी धान, चिनो, कागुनो, कोदो लगाएतका स्थानीयस्तरमा उत्पादन हुने बाली कमैले उत्पादन गर्न थालेका छन्। स्थानीय बाली खस्रो, अमिठो हुने भएकाले बाहिरबाट आउने स्वादिलो र मसिनो हुने कारणले स्थानीय बाली उत्पादन गर्न छाडेका हुन्।
बाहिरबाट आउने खाद्यान्नलाई त्यति मेहनत गर्न नपर्ने भएका कारणले बाहिरबाट आउने खाद्यान्नतर्फ स्थानीय आक्रषर्ण बढेको कालिकोट खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख परशुराम काफ्ले बताए। ‘कर्णालीमा उत्पादन हुने रातो मार्सीको चामल मोटो र खर्सो हुन्छ। बाहिरबाट आउने खाद्यान्न मिठो मसिनो हुन्छ। उत्पादनमा मेहेनत पनि धेरै गर्नुपर्छ’, उनले भने,‘त्यसैले यहाँका स्थानीयबासी बाहिरबाट आउने खाद्यान्नतर्फ आकर्षित भएका छन्।’ छाडियो स्थानीय बाली लगाउन सडक सञ्जाल नभएको बेला र बाहिरबाट खाद्यान्न आयात नहुँदा यहाँका स्थानीयबासीले रातो मार्सी धान, चिनो, कागुनो र कोदो उत्पादन राम्रो गर्ने गरेका र अहिले बाहिरबाट आयात हुदाँ त्यसको उत्पादनमा ह्रास आएको खाँडाचक्र नगरपालिका कृषि प्रमुख काफ्लेले बताए। ‘बाहिरका खाद्यान्न आयात नहुँदा यहाँ पाइने मार्सी धान, कोदो, चिनो, कागुनो लगाएतका स्थानीय बालीको राम्रो उत्पादन हुन्थ्यो’, उनले भने,‘अहिले सडक सञ्जाल छोयो।
यहाँमा मानिसमा स्थानीय बालीले बाहिर खाद्यान्न बाली मन पराउँछन्। उत्पादन पनि हुन छाड्यो।’ रातो चामल चिनोको मुल्य बराबर कर्णालीमा पाइने रातो चामल र चिनोको मूल्य बराबर रहेको छ। पोषकीय हिसाबले राम्रो मानिने चिनो र रातो चामलको मूल्य बराबर रहेको हो। स्थानीयस्तरमा रातो चामलको मूल्य १५० रहेको छ भने चिनोको मूल्य पनि १५० नै रहेको कालिकोट तिलागुफा नगरपालिका–१ फोइमहादेवका मयालाल महताराले बताए। ‘यहाँ उत्पादन हुने रातो चामलको मूल्य १५० रुपैयाँ पर्छ। चिनोको मुल्य पनि त्यही नै पर्छ।’ थाहाखबरबाट
Milan Shrestha । १९ पुष २०७५, बिहीबार १०:४१ बजे