
५ जेठ, सुर्खेत । “शिक्षा,आजको आबस्यकता” भन्ने मूल नारालाई सामाजिक सञ्जाल फेसबुकमा पश्चिम नेपालमा चर्चित समूह “मोटे ग्याङ्ग नेपाल”ले अभियानको थालनी गरेको छ ।
मोटे ग्याङ्ग नेपालले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर १० सुर्खेतमा रहेको जनचेतना प्राथमिक विद्यालयमा अध्ययनरत वालवालिकको आर्थिक स्थितिलाई मध्यनजर गर्दै अध्ययनरत विद्यार्थीको अध्ययनलाई केही भएपनि सहजहोस भन्ने हेतुले शैक्षिक सामाग्री वितरण गर्नलाई आर्थिक संकलन शुरु गरेको समूहका एडमिन कुमारशम्सेर थापाले जानकारी दिनुभयो ।
अभियानमा वीरेन्द्रनगर ५ चिसापानी सुर्खेतमा रहेको नवपालुवा मोन्टेश्वरीले पनि सहयोगकालागि प्रतिवद्धता गरेको एडमिन थापाले बताउनुभयो ।
मोटे ग्याङ्ग नेपालले यस भन्दा अघी सुरक्षित महिनावारी, गोठीकाँडा र कटकुवा सरसफाई, समिर विक, गणेशबहादुर शाही तथा निर्मल विष्ट बचाउ अभियान संचालन गरिसकेको छ ।




Milan Shrestha । ५ जेष्ठ २०७६, आईतवार २२:१३ बजे