
८ जेठ, सुर्खेत । नेपाल नेत्र ज्योति संघले कर्णाली प्रदेश स्तरिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले नेपाल नेत्र ज्योती संघ र कर्णाली प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनु भयो ।
कर्णालीको सम्बृद्धी र विकासमा नेत्र ज्योती संघले महत्वपूर्ण भुमिका खेल्नेमा आफु बिश्वस्त भएको बताउँदै मन्त्री रावलले नयाँ वर्षे बजेटमा नेत्र ज्योती संघलाई तोकेरै बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसको लागी सबै पक्षको साथ र सहयोगको आफुले अपिल गरेको उहाँले बताउनु भयो । निति नियमको कारणले गर्दा पनि आफुले सोचे जस्तो कार्य गर्नु नसकेको गुनासो समेत मन्त्री रावलले गर्नुभयो ।
कार्यक्रममा नेत्र ज्योती सघंका केन्द्रीय अध्यक्ष तिर्थ मिश्रले कर्णाली प्रदेश सरकार र आफुहरुले सहकार्य गरेर कार्य गर्ने इच्छा नेपाल नेत्र ज्योती संघको रहेको बताउनु भयो ।
अनुदानको आधारमा नभएर कामको आधारमा आफुहरुलाई सरकारले प्रोत्साहन गर्न उहाँले आग्रह गर्नुभयो । कर्णाली प्रदेशका जनताहरुको सेवा गर्ने अवसर मिलाई दिन प्रदेशको सरकारलाई आग्रह गर्दै आफना सेवाहरु आवश्यकताको आधारमा कर्णाली प्रदेशका धेरै जिल्लामा राख्ने वातावरण मिलाई दिन सरकार समक्ष माग गर्नु भयो ।



Milan Shrestha । ८ जेष्ठ २०७६, बुधबार १७:०४ बजे