कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका विषेश सल्लाहकारमा तीन जना मनोनयन


९ चैत्र,सुर्खेत

कर्णाली प्रदेश सरकारकोआज बसेको मन्त्री परिषदको बैठकले मुख्यमन्त्रीको ३ जनालाई सल्लाहकार चयन गरेको छ ।

जस अनुसार राजनीतिक सल्लाहकारमा भिम प्रकाश शर्मा (सल्यान), जनसम्पर्क सल्लाहकारमा जनकनाथ योगी (कालीकोट) र प्रशासनिक सल्लाहकारमा रत्न गाहामगर (दैलेख) मनोनयन गरेको छ ।

आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्री परिषदले गरेको ३ बुँदे  निर्णयलाइ सरकारका प्रवक्ता एवं भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला के सीले एक बिज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।