
चैत,१५ बुटवल । प्रदेश ५ लाई मगरात–थरुहट नामाकरण गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषदले बुटवलमा बृहत गरेको छ ।
प्रदेश ५ मगर र थारुको ऐतिहासिक थाकथलो भएको र प्रदेशको कुल जनसंख्या मध्य करिब दुई तिहाई जनसंख्या मगर र थारुको रहेकाले प्रदेशको नाम मगरात थरुहट राख्नुपर्ने भन्दै सरोकारवालालाई दवाव दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ ।
बुटवलको राजमार्गबाट सुरु भएको प्रदर्शनमा विशेषगरी मगर र थारु समुदायको उल्लेख्य उपस्थिति छ । जातीय पहिरनमा प्लेकार्ड र ब्यानरसहित निस्केको र्याली मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने महासंघका प्रदेश समन्वय परिषदका सचिव मनोज रानाले जानकारी दिए ।
सभालाई नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका केन्द्रीय अध्यक्ष जगत बराम,नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि बिहीबार नै संयुक्त मगर मञ्च नेपालले पनि प्रदेश ५ को नाम ‘मगरात(थरुहट’ हुनुपर्ने माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँट समितिको प्रतिवेदनले पनि पहिचानका पाँच र सामर्थ्यका चार आधार बमोजिम प्रदेशको ।
नामाकरण गर्न निर्देशन दिएकाले पनि मगरात थरुहट हुनुपर्ने तर्क तथ्यसंगत रहेको महासंघले दावी गरेको छ ।
साभारःअनलाईन खबर ।



Milan Shrestha । १५ चैत्र २०७५, शुक्रबार २०:५४ बजे