१९ जेठ, सुर्खेत । गएराती बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने कचनापुर र शमसेरगन्जको बिचमा पर्ने ठोरी जंगलमा यात्रुबाहक माइक्रोबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते हुनुभएको थियो ।
मृतकहरु सबैको शव अहिले भेरी अस्पताल नेपालगंजमा राखिएको छ भने घाइते २१ जनाको पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । मृतक तथा घाइते सबैको कोरोना परिक्षण गर्नकालागि स्वाब संकलन गरिसकिएको भेरी अस्पतालले जनाएको । दुर्घटनामा मृत्यु हुनेहरुमा साबिकको बराहा गाबिस वडा नम्बर ३ दैलेखका गाडी चालक दानबहादुर खड्का, सुर्खेत लाटिकोइलिका गाडी सहचालक पवन भण्डारी र राजपुर ६ दाङका रामकुमार पुनको सनाखत भएको प्रहरीले बताएको छ । त्यसैगरी, ठेगाना नखुलेका पुर्णबहादुर पुन, सीता पुन र रितेश कार्कीको मृत्यु भएको छ भने अन्य ६ जनाको सनाखत हुन बाकी रहेको बताइएको छ ।



Prawash Kumar Shakya । १९ जेष्ठ २०७७, सोमबार १५:५३ बजे