
दैलेख । भैरवी गाउँपालिकामा एक वालकले शैक्षिक खर्च वापत रू अठार हजार पाएका छन् । एसियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड दैलेख शाखाले मासिक ३ हजारका दरले ६ महिनाको रु। १८ हजार रकम उनलाइ हस्तान्तरण गरेको हो । गत मंसिर ८ गते महावु गाउँपालिका ५ गोर्तीमा काम गर्ने क्रममा ढुङ्गाले च्यापिएर मृत्यु भएका भैरवी गाउँपालिकाका रत्ने ठाडामगरका छोरा हरिवहादुर ठाडामगरलाई उक्त रकम प्रदान गरिएको हो ।
बिमा गरेको एक वर्ष नपुग्दै विमित हरिवहादुरका वुवाको निधन भएपछि बिमा कम्पनीले एक औपचारिक कार्यक्रमको आयोजना गरेर शिक्षा खर्च वापतको रकम हस्तान्तरण गरेको हो । मृतकका आफन्तको रोहवरमा, कम्पनीका दैलेख शाखाका ईन्चार्ज अंकवहादुर वुढा र भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा लगायतका व्यक्तिहरुको सहभागितामा रकम हस्तान्तरण गरिएको शाखा ईन्चार्ज वुढाले जानकारी दिए ।
एसियन लाईफ ईन्स्योरेन्सले हरिवहादुरलाई शिक्षा खर्च वापत प्रत्येक महिना ३ हजारका दरले १० वर्ष सम्म शिक्षा खर्च वेहोर्ने पनि ईन्चार्ज वुढाले वताए । उनले हरिवहादुर १६ वर्ष नपुगन्जेल सम्म वार्षिक १९,७३६ रुपैयाँको किस्ता विमा कम्पनीले तिरिदिने वताए । १५ वर्षे विमामा १ किस्ता मात्र तिरिएको छ
बिमा गरेको एक वर्ष नपुग्दै विमित हरिवहादुरका वुवाको निधन भएपछि बिमा कम्पनीले एक औपचारिक कार्यक्रमको आयोजना गरेर शिक्षा खर्च वापतको रकम हस्तान्तरण गरेको हो । मृतकका आफन्तको रोहवरमा, कम्पनीका दैलेख शाखाका ईन्चार्ज अंकवहादुर वुढा र भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा लगायतका व्यक्तिहरुको सहभागितामा रकम हस्तान्तरण गरिएको शाखा ईन्चार्ज वुढाले जानकारी दिए ।
एसियन लाईफ ईन्स्योरेन्सले हरिवहादुरलाई शिक्षा खर्च वापत प्रत्येक महिना ३ हजारका दरले १० वर्ष सम्म शिक्षा खर्च वेहोर्ने पनि ईन्चार्ज वुढाले वताए । उनले हरिवहादुर १६ वर्ष नपुगन्जेल सम्म वार्षिक १९,७३६ रुपैयाँको किस्ता विमा कम्पनीले तिरिदिने वताए । १५ वर्षे विमामा १ किस्ता मात्र तिरिएको छ ।
साभारः अनलाईन कर्णाली
Milan Shrestha । १८ जेष्ठ २०७६, शनिबार २०:५० बजे