काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ । सोमाबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उल्लेख छ ।
‘सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रतिमात्र हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झुट्टा समाचारप्रसारण गराइएको हो।’




Milan Shrestha । २० जेष्ठ २०७६, सोमबार २१:३१ बजे