सुर्खेत, २८ भदौ । यूएसएआइडीको आर्थिक सहयोगमा पहल परियोजनाको व्यवस्थापनमा सुन्दर नेपाल संस्थाले कृषि समुदायका अगुवा कृषकहरुलाई प्लाष्टिक घर निर्माण सम्बन्धि ६ दिने तालिम सुरु भएको छ । कृषि स्वास्थ्य तथा बैकल्पिक जीबिकोपार्जन प्रबद्र्धन कार्यक्रम (पहल) परियोजना लागु भएका गाविसमा रहेका कृषि समुदायका अगुवा कृषकहरुलाई तालिमको आयोजना गरिएको हो । तालिममा लेखपाजुल, रजेना, रानीवास, काफलकोट र धारापानी गाविसका २० जनाको सहभागिता रहेकोछ । बैकल्पिक जीविकोपार्जन अधिकृत मिलन श्रेष्ठका अनुशार, बेमौषमी समयमा पनि तरकारी वालीलाई चाहिने बाहिरी अनुकुल वातावरण मिलाएर उच्च मूल्यका तरकारीहरु उत्पादन गर्नका प्लाष्टिक घर उपयुक्त हुने भएको हुदा बि
गतमा भन्दा हाल आएर यसको महत्वमा बृद्धि हुदै गईरहेको भएता पनि कृषकहरुलाई यस प्रविधि प्रति पूर्ण ज्ञान नभएको हुदां यस तालिमले कृषकहरुमा उत्साहित जगाउने बताए । जस्तै सुर्खेत जिल्लाका बजारहरु हरियो तरकारीहरु प्राप्त गर्न नसकिएको अवस्था पनि जुम्मला जिल्लामा हरियो तरकारीहरु प्राप्त हुन्छ जुन प्लाष्टिक घरको प्रतिफल हो ।
पहल कार्यक्रम अन्तरर्गत कृषि, पोषण तथा सरसफाई, विपद् जोखिम न्युनिकरण, प्राकृतिक स्रोत व्यवस्थापन, बैकल्पिक जीविकोपार्जन र वित्तीय सेवाको क्षेत्रमा रहेर कार्य गर्नका लागि जिल्ला कार्यक्रम सल्लाहकार समिति गठन भइसकेको छ । त्यसै गरी क्षेत्रीय अभिमुखिकरण कार्यक्रम अन्तरगत क्षेत्रीय स्तरका विभिन्न सम्बन्धित कार्यालयहरुवीचको उपस्थितमा अभिमुखिकरण भइसकेको छ । पहलले गाविस स्तरिय स्थानीय जोखिम व्यवस्थापन समिति गठन गरी सुर्खेतका ४ वटा गाविसमा अभिमुखिकरण कार्यक्रम भइसकेको छ । मध्य र सुदुरपश्चिमका १४ जिल्ला सञ्चालन भएको पहल कार्यक्रम सन २०१९ सम्म सञ्चालन हुने छ ।
पूर्वमा काफलकोट, रानिबास, रजेना, नेटा, धारापानी, लेखपराजुल, मा संचालन भई रहेको छ भने आउदो बर्ष उक्त कार्यक्रम जिल्लाको पश्चिम गाविसहरु लगाम, वेतान, बिजौरा, तातापानी घाटगाउँ, छाप्रेमा सञ्चालन हुने छ ।



Milan Shrestha । २८ भाद्र २०७३, मंगलवार १२:४३ बजे