पत्रकार गेलाङ्गको शव परिवारले बुझे


३१ जेठ, सुर्खेत बुधवार भेरीगंगा नगरपालिका ८ लोदे मेहेलकुनामा टिप्परको ठक्करबाट ज्यान गुमाउनुभएका नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सुर्खेत शाखाका संस्थापक अध्यक्ष नन्दबहादुर गेलाङ्गको शव परिवारले बुझेकाछन् ।

आज छिन्चु सुर्खेत भएको वार्तामा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, प्रहरी उपरिक्षक बसन्त रजौरे, लेकवेसी नगरपालिकाका नगरप्रमुख गगन सिं सुनार, गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्तबहादुर पुन लगाएत पिडित पक्षका आफन्त र पत्रकारहरुको उपस्थितमा विभिन्न सहमती भएको हाम्रा सहकर्मी मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

सहमती अनुसार मृतक गेलाङ्गका परिवारलाई क्षतिपूर्तिकालागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले विभिन्न निकाय संग पहल र सिफारिस गर्ने । वालवालिकाको शिक्षाकालाई सम्वन्धित गाँउपालिकालाई निशुल्क शिक्षणकोलागि सिफारिस गर्ने त्यस्तै आर्थिक सहयोगकालागि विभिन्न संघसंस्था तथा प्रतिष्ठान संग पहल गर्ने निर्णयमा परिवारले सहमती गर्दै मृतक गेलाङ्गको शव बुझेको सहकर्मी श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार गेलाङ्गको भोली दाहासंस्कार गरिने छ ।