
२ पौष, सुर्खेत । सुर्खेतमा रहेको उद्योगी व्यापारीहरुको छाता संगठन सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी हुनुभएको छ । लोकतान्त्रिक प्यानलका रावतले निकटम प्रतिद्वन्द्वी संयुक्त उद्योगी व्यावसायी प्यानलका प्रकाश उप्रेतीलाई १७ मतान्तरले पराजित गर्नुभएको हो । रावतले ८१० उप्रेतीले ७९३ मत प्राप्त गर्नुभएको थियो ।
संघको अन्य पदाधिकारीहरुमा भने मिश्रित परिणाम आएको छ । वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्काले ७८९, उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेतले ८०५, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापाले ७६६, महासचिवमा लक्ष्मण कंडेलले ७७८, कोषाध्यक्षमा भद्र भण्डारीले ८०६ र सचिवमा रामप्रसाद पाण्डेले ७६५ मत प्राप्त गरि विजयी हुनभएको छ ।
त्यस्तै महिला सदस्यमा टिकाकुमारी कंडेलले ७१८ र लक्ष्मी कार्की (प्रधान) सियाले ७१८, सदस्यहरुमा रामप्रसाद जैसीले ८०८, प्रेमप्रसाद पाण्डेले ७९१, कपिलमणि सुवेदीले ७८४, रमेश बरालले ७८२, जनकबहादुर थापाले ७६८, हरिकुमार श्रेष्ठले ७६२, रामबहादुर गौतमले ७५४, दिपक खड्काले ७५१, सिंहराज बमले ७५१, तेजप्रसाद तिवारीले ७४०, प्रेमबहादुर रावतले ७३२ र भिमप्रसाद पौडेलले ७१८ मत ल्याएर विजयी हुनुभएको छ ।



Prawash Kumar Shakya । २ पुष २०७५, सोमबार २०:५९ बजे