
३२ जेठ, सुर्खेत । बुधवार टिप्परको ठक्करबाट भेरीगंगा नगरपालिका ८ लोदे मेहेलकुनामा ज्यान गुमाउनुभएका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेत शाखाका संस्थापक अध्यक्ष नन्दबहादुर गेलाङ्ग नन्दुको आज चिङ्गाड खोला (गंगटे)मा अन्त्यष्टी गरिएको छ ।
हिजो छिन्चुमा सर्वपक्षिय छलफलमा सहमती भएपछि मृतक गेलाङ्गका परिवारले गेलाङ्गको शव बुझेका थिए ।
गेलाङ्गको शवमा नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गबहादुर थापा, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्य, नेपाल पर्यटन पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष अशोककुमार सिंह, नेपाल मगर संघ, नेपाल आदिवासी जनजाती महासंघका प्रतिनिधीहरु तथा पत्रकारहरुले फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
नेपाल मगर संघ तथा नेपाल पत्रकार महासंघ सुर्खेतले गेलाङ्गको शवमा आआफ्नो संस्थाको झण्डा ओढाएका थिए ।




Milan Shrestha । ३२ जेष्ठ २०७६, शनिबार १५:५० बजे