कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो, संक्रमित संख्या ५८४ (अपडेट)


१० जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को कर्णालीमा संक्रमित संख्या बढ्दै गएको छ । आज कर्णालीका ३ जनामा सुर्खेतमा पिसिआर चेकजाँज गर्दा देखिएको पोजेटिभ नेपालगंजको भेरी अस्पतालले पनि पोजेटिभ देखाए संग कर्णालीमा संक्रमितको संख्या ४ जना पुगेको छ ।

आज विहान ३२ जना त्यस्तै बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जना गरि ६८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालको संक्रमितको संख्या ५८४ पुगेको छ ।

कर्णालीका संक्रमितहरु यही जेठ ८ गते भारतबाट प्रदेश भित्रिएका ७९० जनालाई कर्णालीको बबई नाकामै RDT परिक्षण गर्दा १३ जनाको संकास्पद देखिएकोमा देखिएको कोरोना भाइरसको पिसिआर ३ जनामा देखिएको पोजेटिभ नतिजा भेरी अस्पताल नेपालगंजले समेत पोजेटिभ देखाएको हो ।

संक्रमितहरु सुर्खेत जिल्ला बराहताल गाँउपालिकाका २ जना र चौकुने गाँउपालिकाका १ जनामा कोरोनाको संक्रमण देखिएको हो । संक्रमितहरुको उपचारकोलागि प्रदेश अस्पतालको आईसोलेसन राखिएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र विशेषज्ञ चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।