स्थानीयद्वारा नगरप्रमुखकै टोलमा सडक अवरुद्ध


३२ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ३ अन्नपुर्ण टोलमा सडकका विषयमा विवाद हुदा सडक अवरुद्ध भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीको घर अगाडी नै स्थानीय आफैले सडक खनी विरोध जनाएका छन् । नगरप्रमुखले केही व्यक्तिको स्वार्थका लागी पुरानो संरचनालाई बेवास्ता गरेको स्थानीय विक्रम नेपालीले आरोप लगाउनु भएको छ  ।

पहिलेको संरचना अनुरुप सडक निर्माण नगरिए सडक सुचारु हुन नदिने स्थानीयको माग छ । नगर प्रमुख संगको सहमतिमा ८ मिटर सडक निर्माण गर्ने निर्णय भएपनि कार्यान्वयन नगरिएको उहाँकाे भनाई छ । स्थानीय शसिराम आचार्य र गणेश न्यौपाने व्यक्तिगत स्वार्थका लागी सडक अतिक्रमण गरि नाली विस्तार गरेको टोल वासिको भनाई छ ।

नगर प्रमुखले पुरै टोलवासिलाई सडकको पहुच वाट वन्चीत बनाउन खोजेको अर्का स्थानीय हेम थापाले बताउनु भयो  । नगरप्रमुखले माग वेवास्ता गरे उहाकै घर अगाडी विरोध प्रर्दशन गर्ने चेतावनी समेत स्थानीयको छ ।

यता नगरप्रमुख देव कुमार सुवेदीले सहमतिमा ४ मिटर वाटो निर्माण गर्ने भनिएको तर हाल नगरपालीकाको मापदण्डमा ६ मिटर वाटो निर्माणको प्रक्रिया  चलेको बताउनु भयो ।

दुई पक्षको सहमतिमा अगाडी लैजाने उहाको  भनाई छ । पुरानो सडक ४ मिटर भएको र नयाँ ६ मिटर बनाउनुपर्ने न्युनतम मापदण्ड बमोजिम अघि वढ्ने जवाफ दिनुभयो । स्थानीय हरु विचको व्यक्तिगत विवाद भएकोले आफुले सवै कुरा मिलाउन नसकेको नगर प्रमुख सुवेदीको भनाई छ ।