
३ माघ, सुर्खेत । राप्रपा निकट महिला संगठन सुर्खेतका तथा हिन्दु जागरण नेपाल सुर्खेतका अध्यक्ष अन्जु बस्यालले आफ्नो जन्मदिनको अवसरमा आर्थिक विपन्न भएका विद्यार्थीहरुलाइ २१ थान विद्यालय पोसाक वितरण गर्नुभएको छ ।
भेरीगंगा नगरपालिका वडा न. ९ स्थित ठूलो जात्रीमा रहेको श्री प्रभात प्राथमिक विद्यालयमा अध्यनरत आर्थिक विपन्न भएका विद्यार्थीहरुलाई आफ्नो ४२ औ जन्मदिनको अवसरमा बस्यालले स्कुल पोसाक वितरण गर्नु भएको हो । बस्यालले आफ्नो प्रत्येक बर्षको जन्मदिनमा विपन्न समुदायहरुलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले यस भन्दा अगाडी पनि खाद्यान्न पोशाक र विद्यालय सामाग्रीहरु वितरण गर्नुभएको थियो ।



Prawash Kumar Shakya । ३ माघ २०७८, सोमबार २२:१८ बजे