सुर्खेत जिल्लाका सहकारी संस्थाहरु संग अन्तरक्रिया सम्पन्न


२५ माघ, सुर्खेत । जिल्ला सहकारी संघ लि. सुर्खेत र आरएमडिसी लघुवित्त वित्तिय संस्थाको संयूक्त आयोजनामा सुर्खेत जिल्लाको सहकारी संस्थाहरुसंग आरएमडिसीको अन्तरक्रिया” नामक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल केन्द्रीय बहुउद्धेश्यीय सहकारी संघ लि.का संचालक चन्द्र प्रसाद थानीले सहकारी क्षेत्रको बिकासका लागी सहकारी संस्थाहरु उत्पादन ब्यवसायीकरण र बजारीकरणमा मुख्य जोड दिदै अघि बढनुपर्ने वताउनु भयो ।

त्यस्तै आर.एम.डि.सीका कार्यकारी अधिकृत पृथ बहादुर थापाले सहकारी संस्थाहरुमा संस्थागत संस्कृतीको विकास गर्दै संस्था आर्थिक रुपमा मजबुत हुनु पर्दछ भन्ने धारणा राख्नु थियो । उहाँले आरएमडिसी लघुवित्त वित्तिय संस्थाको बारेमा विस्तृत जानकारी गराउदै उक्त संस्थासंग सहकारी संस्थाहरु कसरी आवद्ध हुन सक्दछन ? यदि आवद्ध भएमा के कस्ता सेवा सुविधा तथा फाईदाहरु हुन्छन भन्ने वारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमका सभापति अमृत बहादुर बि.सी.ले जिल्ला सहकारी संघले सुर्खेत जिल्लाको सहकारी संस्थाहरुको विकासका लागि अभिभाकत्व ग्रहण गर्दै सदैव सहकारी अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सहकारी संघ सुर्खेतको गतिविधिहरुको बारेका जानकारी गराउनु भएको थियो ।

यसैक्रममा जिल्ला सहकारी संघ सुर्खेतद्वारा निमार्ण गरीएको चिस्यान केन्द्र (कोल्ड स्टोर) मा अन्य सहकारी संस्थाहरुलाई समेत सेयर लगानी गर्नको लागि अनुरोध गरिएको थियो ।

कार्यक्रममा सुर्खेत जिल्ला सहकारी संघका संचालक समितिका पदाधिकारी तथा उक्त संघमा आवद्ध रहेका ९१ वटा सहकारी संस्थाहरुका संचालक समितिको अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

स्मरणरहोस नेपालमा गरीवि न्यूनिकरण गर्न लघुवित्त कार्यक्रमको विकास गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको आरएमडिसी लघुवित्त वित्तिय संस्था नेपालको लघुवित्त क्षेत्रको विकास गर्ने एक अग्रणी संस्थाको रुपमा रहेको छ । यस संस्थाले सहकारी तथा घ वर्गका वित्तिय संस्थाहरुलाई लघुकर्जा वितरणका लागि सहुलियत दरमा थोक कर्जा प्रवाह गर्ने कार्य गर्दछ ।