मध्यपश्चिम विश्वविद्यालयमा झडप, १ जना प्रहरी सहित विद्यार्थीहरु घाईते


असार,३ सुर्खेत ।

मध्यपश्चिम बिश्वबिद्धालयको ९ औ वार्षिक उत्सव कार्यक्रममा निजि कलेजले प्रचारप्रसारका लागि सौजन्य गरेको टिर्सट वितरण गरेको भन्दै विधार्थिहरुले वार्षिकउत्सव कार्यक्रम वहिस्कार सहित आन्दोलन गरेका छन् ।

तस्विरः हरिशर्माको फेसबुकबाट ।

सरकारी विश्वविधायको वार्षिक उत्सव कार्यक्रममा निजी कलेजको टिसर्ट प्रयोग भएपछि विहानैदेखी मध्यपश्चिम विश्वविधालयमा आन्दोलन भैरहेको छ । आन्दोलनका क्रममा प्रहरी र विधार्थि विच झडप भएपछि १ जना प्रहरी सहित विधार्थिहरु घाईते भएका छन् । आन्दोलनका कारण विश्वविधालयको बार्सिक उत्सब कार्यक्रम प्रभावित भएको छ । १० जना भन्दा बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, बार्सिक उत्सब कार्यक्रममा सहभागी हुन आएका भिआईपी , पदाधिकारी हरु प्रहरीको सुरक्षामा राखिएको छ । वार्षिक उत्सव कार्यक्रम स्थलमा अहिलेपनि विधार्थिहरुले नारावाजि गरिरहेका छन् । वार्षिक उत्सव कार्यक्रम विधार्थिहरु विनानै संचालन गर्ने विश्वविधालय प्रशासनले तयारी गरेको छ ।

साभारःदेउती खबर ।