
असोज–८ सुर्खेत, कामना सेवा विकास बैक सुर्खेत शाखाले औषधी उपचार विमा शुल्क वापतको रकम हस्तान्तरण गरेको छ ।
वीरेन्द्रनगर न.पा. वडा नं.९ का सुकरामचौधरीलाई औषधी उपचार विमा शुल्क वापतको रकम भुक्तानी गरीएको हो ।
औपचारीक कार्यक्रम बिचस्वर्णिम सुरक्षितबचत खाता खोलेकाचौधरीलाई उपचार शुल्कवापतको रकम रु ४ हजार १ सय ९४ रुपैयाको चेक बैकका शाखा प्रबन्धक जीवन जोशीले हस्तान्तरणगर्नु भयको थियो । कामना विकास सेवा बैकलेआफ्ना ग्राहकलाई भविष्यमा आईपर्न सक्ने सम्भावित जोखीमबाट सुरक्षा प्राप्त गर्नका लागि ल्याएको नया योजना अन्तरगत स्वर्णिम सुरक्षित बचत खाता प्रभावकारी हुदै गएको शाखा प्रबन्धकले जानकारी दिनु भयो ।
उक्त योजना अन्गरगत न्यूनतम मौज्दात एक हजारको स्वर्णिम सुरक्षित बचत खाता खोल्दा आकर्षण ब्याज सहित सात लाख सम्मको दुर्घटना विमा र एक लाख सम्मको औषधी उपचार विमा लगाएतका निःशुल्क एटिएम कार्ड, एबिबिएस, एसएमएस बैकिङ सेवा र ईन्टरनेट बैकिङ सेवा समेत
रहेको बताउनु भयो ।
औषधी उपचार विमा शुल्क वापतको रकम पाएपछी चौधरीले शुरु शुरुमा आफुलाई खासै थाहा नभएको र पछी आफैले उक्त रकम भक्तानी प्राप्त गर्दा ज्यादै खुसी भएको बताउनु भयो । छ महिनाको अवधिमा करीव तिन सय पचास जना ग्राहकहरुले स्वर्णिम सुरक्षित बचत खाता खोलिसकेका छन् र अब यो सेवालाई जनताका सामु गएर थप काम गरी सेवा सुविधा दिने बताउनु भयो ।
बीमा सुविधाको आकर्षण प्याकेज भएको कारण कामना सेवाको यस खातामा ग्राहकहरुको आकर्षण बढ्दै गएको समेत बताउनु भयो ।



Milan Shrestha । ८ आश्विन २०७६, बुधबार २१:१८ बजे