कोरोनाका संक्रमित ४६१४ पुगे, कर्णालीबाट आज ३१ जना डिस्चार्ज


२९ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको संक्रमण आज कर्णालीमा ५५ सहित अधिराज्यभर २५० जनामा संक्रमण पुष्टी भएको छ ।  यो संगै कोरोना भाइरसको संक्रमित संख्या ४६१४ पुगेको छ ।

कर्णालीका थप संक्रमितहरु दैलेख जिल्लाका ४८ जना र सुर्खेत जिल्लाका ६ र एकजना काठमाडौंका हाल चिङ्गाड सुर्खेत बस्ने रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

यस्तै कर्णालीको प्रदेश अस्पतालबाट आज ३१ जना संक्रमितहरु डिस्चार्ज हुनुभएको छ । यो संगै कर्णालीबाट कोरोनालाइ जितेर जानेको संख्या ६० पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ ।