१५२ पिन्ट रगत संकलन


साउन, ३०, बुटवल

रक्त दान जीवन दान भन्ने नाराका साथ  लायन्स क्लव अफ बुटवल सेन्ट्रल, लियो क्लव अफ बुटवल सेन्ट्रल, त्रिवेणी विकास बैंक लिमिटेड एव्म नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्नभएको छ ।14034715_1167479976655714_2066794384946851699_n

लायन्स क्लव अफ बुटवल सेन्ट्रलका प्रेसिडेन्ट लायन विष्णु कुवरको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने लायन्स डिष्ट्रिक ३२५ वि २, एरिया ४ का चिफ एरिया कोअर्डिनेटर लायन किरण खरेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमा  त्रिवेणी विकास बैंक लिमिटेड, बुटवलका प्रवन्धक लायन तिलक सुन्दर कार्किको स्वागत मन्तव्य दिएका थिए । सथै उक्त रक्तदान  कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले धन्यवाद सहित शुभकामना मन्तव्य दिएका थिए।

लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानका अनुशार , बिगत समयमा  जिल्लामा रगत आवश्यक परेको बेला रक्तदान गर्नै व्यक्तिहरुलाई व्यक्तिगत रुपमा बोलाएर विरामीलाई रगत दिने कार्य हुन्थ्यो भने, केहि समय पश्चात नेपाल रेडक्रस सोसँईटी संग लायन्स क्लबले संयुक्त रुपमा रक्तदान कार्यक्रमहरु संचालन भय पश्चात हाल रगत खोजीहिड्नु पर्ने समस्या समाधान भएको छ । साथै हाल दैनिक जसो रक्तदान कार्यक्रम भइरहेको र अत्यधिक गर्मीको वावजुद १५२ पिन्ट रगत संकलन हुनु ऐतिहासिक भएको नेपाल स्वयंसेवी रक्तदाता समाज, क्षेत्रीले वताउनु भयो । लायन कृष्ण प्रसाद पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।