लाइन्स क्लबहरुको शुभकामना


14462828_1418237748204901_4599530964495685963_nमिलन श्रेष्ठ
सुर्खेत १९, असोज । सुर्खेत जिल्लामा रहेका लायन्स क्लबहरुको आयोजनामा हिन्दुहरुको महान चाड दशैको शुभअवसर पारी शुभकामना आदान–प्रदान कार्यक्रम गरेका छन् । शुभकामना आदान प्रदान कार्
यक्रममा जिल्ला स्थीत लायन्स क्लब अफ सुर्खेत, लायन्स क्लब अफ बुलबुले, लायन्स क्लब अफ भ्याली, लायन्स क्लब अफ काक्रेबिहार, लायन्स क्लब अफ वीरेन्द्रनगर, लायन्स क्लब अफ मध्यपश्चिम र लायन्स क्लब अफ शिविबिहारले संयुक्र रुपमा आयोजना गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रिजन चियर पर्शन लायन्स कल्पना कार्कीले सुर्खेतमा सामाजिक कार्यका लागि लायन्समा आवद्ध हुने मध्ये महिलाहरुको पनि संख्यात्मक रुपमा बृद्धि भइरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा मुख्य अतिथि सुर्खैत उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले विगतमा भन्दा हाल आएर जिल्लामा क्लबहरु गठन हुने कार्यक्रमहरु जारी रहेको छ क्लवहरुमा जिल्लाको नेतित्व पंक्तिमा रहेका व्यक्तिरुको जमात रहेको हुदा अब जिल्ललाई उधोग वाणिज्य संघले अगाडि सारेको होम स्टेको कार्यक्रमा साथ दिनका लागी अनुरोध समेत गरे ।
यसैगरी भेलका विशेष अतिथि जाने चियर पर्शन एमजेएफ लायन्स विजय पराजुलीले देशभरीमै लायन्स क्लवहरु विस्तार गर्ने कार्यमा सुर्खेत पहिलो भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लवप्रति आम मानिसको दृष्टिकोण फरक रहेपनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै छ ।
कार्यक्रम लायन्स क्लब अफ बुलबुलेका अध्यक्ष नवराज गुरुङ्गको सभापतित्वमा सम्मपन्न भएको थियो भने कार्यक्रममा खगिसरा शाहीको संयोजनमा भएको थियो भने लायन्स क्लब अफ सुर्खैत, शिवविहारका अध्यक्ष लायन मिलन श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा डिस्ट्रक अफिसरहरु लायन्स, बसन्तकुमार रेग्मी, समाट गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा लायन्स क्लव अफ सुर्खेत,सुर्खेत भ्यालीका प्रभात थापा, काँक्रेविहारका विन्दु नेपाल वीरेन्द्रनगरका खगिसरा शाही र सुर्खेत बुलबुलेका स्वास्थ्य निर्देशक लायन्स सिताकुमारी शर्मा लगायतको उपस्थिति रहेको थियो ।