ट्रेड युनियन कांग्रेस कर्णालीद्वारा सुर्खेतमा अलपत्र श्रमिकको उद्दार


सुरक्षामा खटिएका सुरक्षाकर्मिहरुर्ला खाजा बितरण गर्दे ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका अध्यक्ष गोपाल कृष्ण गिरी ।

मिलन श्रेष्ठ
बैशाख,१४ सुर्खेत । नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशको समन्वयमा लकडाउनका कारण सुर्खेतमा अलपत्र परेका तराईका विभिन्न जिल्लाहरु बारा,पर्सा बाके र बर्दियाका श्रमिकहरुको उद्धार गर्नुका साथै खाजा पानीको व्यवस्था गरेको हो ।

सुर्खेत जिल्लाको विभिन्न स्थानमा रहि कार्यरत श्रमिक एवंम् मजदुरहरु लामो समयदेखि लकडाउनमा फसेको र लकडाउन अझै लम्बिने देखेपछि हिडेरै भए पनि आ–आफ्ना गन्तव्य जाने तयार गरिरहेको मजदुरहरुलाई उद्धार गरि खाजाको व्यवस्थापन गरेको हो ।

ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका अध्यक्ष गोपाल कृष्ण गरिका अनुशारतराई जिल्लाका बारा, पर्सा, बांके बर्दिया बाट सुर्खेत आई विभिन्न क्षेत्रमा मजदुरी गरि बसेका श्रमिकहरुलाई यातायातको व्यवस्था गर्नुका साथै लकडाउनका कारण होटल–पसल नखुलेको हुदा सुर्खेत देखि जान लागेको ६२ जना यात्रुहरुलाई खाजा वापत चाउचाउ र पानी समेत वितरण गरिएको थियो ।

ट्रेड युनियन कांग्रेस सम्बद्ध युवा समिति प्रदेशका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुशार यस अघि पनि ट्रेड युनियनले लकडाउन शुरु भए पश्चात विभिन्न समयमा ९५ जनालाई यसै गरि पठाई सकिएको र आज पनि ५० जना मजदुरहरुलाई पठाईएको हो । श्रेष्ठका अनुशार ट्रेड युनियन कांग्रेससंग आबद्ध विभिन्न संघहरुसंग छलफल पश्चात केहि रकम संकलन गरि यातायातको व्यवस्था गरेको थियो भने उहांहरुलाई उद्धार गरेर पठाउदा केहि रकम अपुग भएपछि श्रमिकहरुले पनि केहि व्यहोरेका थिए ।

खाजा बितरण कार्यक्रममा कर्णाली प्रदेशले ट्रेड युनियन कांग्रेस सुर्खेतका अध्यक्ष गणेशकुमार कार्कि, प्रदेश सदस्य राजकुमार खड्का ट्रेड युनियन कांग्रेस निर्माण सम्बद्ध श्रमिक संघ कर्णाली प्रदेशका अध्यक्ष जवाहिर शाह लगाएतले खाजा तथा पानी वितरण गर्नु भएको थियो ।