धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको बस खोलामा खस्यो, १५ यात्रु घाइते


तस्विरः अनलाईन ।

१५ असार, काठमाडौं । काठमाडौंको लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएकाे हाे ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ । टिचिङमा उपचाररत १ जनाको अवस्था गम्भीर छ ।

बस नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

साभारः अनलाईन ।