लोकसेवाको विज्ञापन खारेज गर्न माग गर्दै सुर्खेतमा सिठी जुलुस(फोटो फिचर र भिडियो सहित)


मिलन श्रेष्ठ
असार,३० सुर्खेत । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन अनुरुप सोमबार सुर्खेतमा सिठी जुलुस निकालिएको छ । नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद सुर्खेतको नेतित्वमा आज लोकसेवाको विज्ञापनविरुद्व भएको सिठी जुलुसमा राज्य मन्त्रिले यस्तो बताउनु भएको हो ।

पूर्व स्वास्थ्य तथा राज्य मन्त्रि खड्कबहादुर बस्यालले उक्त जुलुसको कोण सभालाई सम्बोधन गर्दे यस्तो बताउनु भएको हो । राज्य मन्त्रि बस्यालका अनुशार अहिले आएर हामी माथी अन्याय भएको भन्दै अत्याचार नगर्ने सत्तापक्षलाई आग्रह समेत गर्नु भयोे, उहांले यदि यसरी नै जनजाति आदिवासी, दलित, अपांग, मधेशी, मुस्लीम, पिछडा वर्गहरु माथी अत्याचार गर्दे गएमा आन्दोलनले उग्र रुपले लिन सक्ने भन्दै, उक्त समयमा हुन जाने क्षतिको जिम्मा समेत सरकारले लिनु पर्ने बताउदै, उहांले अहिले तपाई हामी माथी अन्याय हुदै, तपाई हाम्रो अधिकार खोसीदा समेत घरको झ्यालबाट हेर्दे चुप लाग्यौ भने हामीले कहिले अधिकार पाउदौं प्रश्न गर्नु भयो?

 

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायले लोकसेवा आयोगमा आफूहरुले पाउदै आएको आरक्ष सिटहरुलाई संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले सुचना प्रकाशित गरी अपहेलना गरेको कारणले केन्द्रिय कार्यक्रम अन्तर्गत चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताउनु भयो ।

संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले प्रकाशित गरेको असमावेसी विज्ञापन र प्रकृया तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनः प्रकाशित गराउनका लागि विभेदकारी सरकारको विरुद्धमा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति,पिछडिएको क्षेत्रले असार ३० गते (आज) आन्दोलनको तेस्रो दिन सिठी जुलुस गरेको हो ।

यसैगरी केन्द्रीय कार्यक्रम अनुशार भोली ३१ गतेका दिन जुलुस सहित विशाल र्याली प्रदर्शनी ,साउन २ र १० गते नेपाल बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाइने भएको छ ।

स्थानिय मंगलगढी चौकबाट शुरु भएको सिठी जुलुसले वीेरेन्द्रनगर बजार परिक्रमा गरी वीेरेन्द्र चौकमा कोण सभा गरी सम्मपन्न गरेको सिठी जुलुसमा जनजाति, आदिवासी, दलित, अपांग, मधेशी, मुस्लीम, पिछडा वर्गका अगुवाहरुको सहभागिता रहेको थियो ।