प्रगतिशील स्वास्थ्यकर्मी संगठनको प्रथम प्रदेश अधिवेशन सम्पन्न


२५ चैत्र, सुर्खेत । “जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिवद्धता सम्पूर्ण प्रगतिशील स्वास्थ्यकर्मीको ऐक्यवद्धता” भन्ने नाराका साथ प्रगतिशील स्वास्थ्यकर्मी संगठनको प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले प्रदेश अध्यक्षमा ताराप्रसाद रिजाललाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्षहरुमा दुर्गा आचार्य, ऋषीराम केसी, जयबहादुर थापा र अमृत न्यौपाने चयन हुनुभएको छ । अधिवेशनले सचिवमा भक्त राना सहसचिवमा रामलाल देवकोटा कोषाध्यक्षमा लक्ष्मी सिंहलाई चयन गरेको छ ।