जेष्ठ २८, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो स्थानीय तहको निर्वाचनमा भाग नलिने जनाउँदै आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार पार्टी संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले सो घोषणा गरेको हो ।
सरकारसँग कुरा नमिलेपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावविरोधी आन्दोलन घोषणा गरेको हो । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार सिंहदरबारमा भएको छलफल पनि बिनानिष्कर्ष सकिएपछि राजपा आन्दोलनमै जाने मनस्थितिमा पुगेको थियो ।
सत्तारुढले आन्दोलनमा नजान आग्रह गरे पनि मुद्दा सम्बोधन नगरी जबर्जस्ती आन्दोलनमा धकेल्न खोजिएको उनको भनाइ थियो ।
राजपालाई चुनावमा सहभागी गराउन भन्दै सरकारले आजै राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधनका लागि संसद्मा लैजाने निर्णय गरेको छ । सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एक दुई दिनमै ऐन संशोधन गर्ने तयारी रहेको बताए ।
साभारः कान्तिपूरअनलाइन



Prawash Kumar Shakya । २८ जेष्ठ २०७४, आईतवार १२:१० बजे