काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु। ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको थिएन।
काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु। ५४ हजार तर, मंगलबार९२०७२ माघ २६०मा एकै दिन प्रतितोला १ हजार रुपैयाँले बढेर सुनको भाउ ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आइतबार ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सनु सोमबार ३ सयले घटेर ५३ हजारमा झरेको थियो। तर, मंगलबार पुनः १ हजारले बढेर ४५ हजारको उच्च बिन्दुमा पुगेको हो। माघ ६ गते प्रतितोला ५० हजारको बिन्दु नाघेको सुन लगातार बढेर वर्षयताकै महँगो भएको हो। मंगलबार तेजावी सुन प्रतितोला ४५ हजार ५३ हजार ७ सय ५० रुपैयाँका कारोबार भइरहको छ।
मंगलबार चाँदी पनि प्रतितोला १५ रुपैयाँले महँगिएर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।



Milan Shrestha । २६ माघ २०७२, मंगलवार १८:०२ बजे