जात्राहरु शुरु । आज लाटीकोइलीमा गँठेमङ्गल मनाईयो (भिडियो सहित)


१६ श्रावण, सुर्खेत । प्रत्येक बर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमङ्गल पर्व आज बिहिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा पनि मनाईयो ।

घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्कगल रुपमा मनाउने भएता पनि सुर्खेत जिल्लाको लाटीकोईलीमा सबै समुदायका व्यक्तिहरु मिलेर मनाउने परम्परा रहदै आएको छ ।

२००९ साल देखि गोठीकांडा र बेलकांडामा बसोवास गर्ने नेवार समुदायका र त्यहां बसोवास गर्ने सबै समुदायले गठेमङ्गल पर्व देखि शुरु हुने लाखे नाच, गाई जात्रा, रोपाई जात्रा र कृष्णजन्माष्टमी जस्ता जात्राहरु मनाउनदै आई रहेको परम्परालाई यथावत राख्दै लाटीकोईलीमा पनि प्रत्येक बर्ष जात्राहरु मनाउदै आईरहेको छ ।

केही समय अघि सम्म सुर्खेत जिल्लाको बिभिन्न स्थानहरु लाटीकोईली, गुप्तीपुर र गणेशचौकमा जात्राहरु मनाउने गरेता पनि हाल आएर गणेशचौक र गुप्तीपुरमा यो जात्रा लोप हुदै गईरहेका पाईएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरका अनुसार लाटीकोईलीमा गठेमङ्गलको दिन देखि कृष्णजन्माष्टमीको अर्काे दिन लाँखे नकाट्ने बेला सम्म लाटीकोईलीका बृद्ध, बुद्धिजीवीहरु र युवाहरु सबै जना मिली घरघरमा गई लाखे नाँच नचाउने, बिबिध जात्राहरु देखाउनेका साथै रमाईलो गर्दे आएको र यस बर्ष पनि त्यसै गरी जात्राहरु मनाउने गरेको बताउनुभयो ।

“सुर्खेतको वीरेन्द्रनगर विषेश गरि लाटीकोइलीमा स्थानीयहरुले विभिन्न जात्राहरुको संरक्षण र सम्वर्धन गर्दै आरहेको छन् अब यसपालीपनि विभिन्न जात्राहरु शुरु भएकोले सम्पूर्ण आम जनसमुदायहरुलाई लाटीकोइलीमा जात्रा हेर्न निम्तो दिन्छु ।” अध्यक्ष मानन्धरले भन्नुभयो ।

 

केहो गँठेमङ्गल?

नेवाः देय्ः दबु जिल्ला कार्य समितीका सल्लाहककार जीवन कुमार शाक्यका अनुसार,गथांमुगःलाई घण्टाकर्ण भनी गाँठे मङ्गल पनि भन्छन्, जुन सहि होईन । गथांमुगः भनेको दोवाटो– दोवाटो, चौवाटो र चोक इत्यादी भन्ने हो ।

कृषकहरुको खेति बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न पु¥याउन सकिन्न थियो र अन्न संकट हुन सक्थ्यो । त्यसैले यो काम मरी मरीकन जसरी भए पनि किसानहरुले गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाँइको बेला घरमा कोही व्यक्ति मरे देखि त्यस लाशको सतीगती समेत नगरी रोपाँइ नसके सम्म लाशलाई मान्द्रोमा रबेरी एक कुनामा थन्क्याउँदै सबै परिवार रोपाँईमा नै व्यस्त हुन्थे र रोपाँइ सकिसकेपछि मात्र त्यस लाशको शतगति काजक्रिया गरिन्थ्यो ।

त्यसैले यस दिन आ–आफ्नो टोलको छ वासमा नर्कट बाँसको तीन मुठालाई उठाएर बिहानै देखि चौवाटोहरुमा ठड्याई त्यस नर्कटवाँको मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टा“स सम्पुर्ण टोलवासीहरु सबै मिलि त्यसमा बिभिन्न तान्त्रिक पुजा गरी दहि चिउरा खुलाई एक मुठा पराल बाली त्यस नर्कटको झ्याङ्लाई तीन पल्ट परिक्रमा गरी सबै मिली त्यस भुतलाई खोलामा लगी मिल्क्याई बहाउने काम गरिन्छ । खोलामा बहाई सकेपछि ती तान्ने सबैले मुख धोई घर फर्कने चलन रहदै जानकारी दिनुभयो ।