२६,माघ सुर्खेत । बैतडीको दोगडाकेदार गाउँपालिका–७ (कतोला) चडेपानीकी १७ वर्षीया स्वःकिशोरी भागरथि भट्टको लागि न्याय माग्दै सुर्खेतका युवाहरु सडकमा आएका छन् ।सोमवार(आज) वीरेन्द्रनगरको वीरेन्द्र चोकमा नारावाजी गर्दै युवाहरु सडकमा आएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय छात्रा एकता समाजको समन्वयमा सडकमा युवाहरुले स्व किशोरी भट्टको लागि यथासिग्र न्यायको माग राखेका थिए ।
वलत्कारीलाई फाँसी दे,नालायक गृहमन्त्री राजिनामा दे,महिला अधिकार सुनिच्शित गर जस्ता नारा लगाइएको थियो ।यो घटनालाई पनि निर्मला पन्तको जस्तो तरिकाले तोडमोड नगरियोस् यदि यस्तो गरिएको खण्डमा जस्तो सुकै चुनौतीको सामाना गर्न आफुहरु तयार रहेको युवाहरुले वताए । सुर्खेतका युवाहरुको शनिवार पनि स्व किशोरी भट्टको लागि न्याय माग्दै आन्दोलन गरेका थिए ।
भागरथि भट्टको न्यायको लागि देशभर विभिन्न किसिमका आन्दोलन दिन प्रतिदिन भईरहेका छन् । गत बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्। घटनाको थप अनुसंन्धान भईरहेको छ ।



Milan Shrestha । २६ माघ २०७७, सोमबार १८:५५ बजे