१७ मंसिर, २०७५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज सोमबार राती १२ बजे देखि लागू हुने गरी निगमले इन्धनको मुल्य घटाएको हो । घटाइएको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२ रुपैया, डिजेल र मट्टितेल प्रतिलिटर ९९ रुपैया कायम गरिएको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १सय १४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय १ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको आयल निगमका प्रवक्ता गोइतले बताउनुभयो ।
सोमबार राति गरिको मुल्य समायोजन अनुसार भारतको रक्सौल भन्दा काठमाडौंमा १२ रुपैयाँ सस्तो पेट्रोल र डिजेल १५ रुपैयाँ सस्तो रहेको निगमको दावी रहेकोछ ।



Milan Shrestha । १७ मंसिर २०७५, सोमबार २२:२५ बजे